सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।
बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो ।
अवरोधका बिच प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सदस्य खेमादेवी विष्टले आफ्नो धारणा राख्दै सुशासन कायम राख्न र नियम विपरीत गरिएका राजनीतिक नियुक्तिका सवालमा सरकारले जवाफ दिनुपर्ने माग गरिन् ।
उनले दिगो वन व्यवस्थापनसम्बन्धी विधेयक तयारीका क्रममा वन मन्त्रीबाट आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएको श्रव्य सामग्रीको घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् ।
सामग्री सार्वजनिक भएको घटनामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले शनिवार पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया