काठमाडौँ :इस्लाम धर्मावलम्बीले आज (सोमबार) ईद पर्व मनाउँदै छन् ।
एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशियालीमा ईद- उल- फित्र मनाउने गर्दछन् ।
इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
आजको दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेको छ । खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई ईद- उल- फित्र भनिएको हो ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद- उल- फित्र (इद) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया