सरकारले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएपछि थप लोडसेडिङ हुने चिन्ता धेरैमा थियो। प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो नियुक्तिसँगै लोडसेडिङ हटाउने बताएका थिए। सरकारको आग्रहलाई भारतले स्वीकार गरेपछि प्राधिकरणलाई औद्योगिक क्षेत्रमा लोडसेडिङ घटाउन सहयोग पुगेको छ।चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने सिमेन्ट, स्टिल, धागोलगायत उद्योगमा लोडसेडिङ हुँदा उत्पादन लागत बढेपछि उत्पादन कटौती गरेको उद्योगीले बताएका थिए। लोडसेडिङले उत्पादनमा भारी कटौती र लागत बढ्दा वस्तुको भाउ बढेको थियो। लोडसेडिङका कारण लागत बढेकाले सिमेन्ट र स्टिलको मूल्य बढेको उद्योगीले बताएका थिए। अब विद्युत् आपूर्ति बढेपछि मूल्य घट्नुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन्। लोडसेडिङ घटेपछि सिमेन्ट र स्टिलको मूल्य घट्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया