बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः विधेयक मस्यौदाको लागि स्वीकृति

सोमबार, १८ चैत्र २०८१
मकवानपुर : बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले प्रदेशको कामकाजको भाषा ऐन कार्यान्वयन भएको दिन, गाईजात्रा, चेपाङ समुदायको न्वागी र माझी समुदायको लदी पर्वको सन्दर्भमा विसं २०८२ मा थप चार दिन सार्वजनिक बिदा थप्ने निर्णय गरिएको पनि उनले बताए । साथै, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठलाई बढीमा छ महिनाका लागि कायममुकायम भई काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार