बलात्कार आरोपमा पक्राउ

मंगलबार, २८ चैत्र २०७९
बलात्कार आरोपमा पक्राउ झापा । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बोक्से घर भई हाल झापाको मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्तै आएका ४१ वर्षीय चोलाराज भुजेल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेलले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार