प्रदेशको नाम सगरमाथा भए झन् राम्रो हुन्थ्यो - माधव नेपाल

बुधबार, २९ चैत्र २०७९
इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोशी प्रदेश हुनु राम्रो भएको बताएका छन् । इटहरीमा पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले सगरमाथा भए झन् राम्रो हुने बताउँदै कोशी नामाकरण हुनु राम्रो भएको बताएका हुन् । हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल ग¥यौँ उनले भने ‘नेपाल बहुभाषिक, बहुसाँस्कृतिक भएकाले सबैको साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो,प्रदेशको नामकरण भूगोलको आधारमा भएकै छ । ’ त्यसै अनुसार कोशीको नाम बहुमत सदस्यले पास गर्नुभयो । जातीय द्वन्दमा जान रोक्नुभयो । नेपाल नेपालले “कोशी प्रदेश पनि ठिकै छ, अझ सगरमाथा भएको भए झन् रामे हुने थियो । तर जे नाम राखियो यसले राम्रो सन्देश गएको छ ।” कोशी प्रदेश सचिवालयले सकारात्मक तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको नेपालले बताए । अध्यक्ष नेपालले आगामी बैशाख १० हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने समेत निर्णय भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार