आफूमाथि अन्याय भएको रविको भनाई, गिरफ्तारी दिने भने पनि प्रहरीले गर्यो पक्राउ

शुक्रबार, २२ चैत्र २०८१
इटहरी : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश दिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । यद्यपि उनले आफैँ गिरफ्तारी दिन जाने बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार