इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-२०, पानिपिया जंगल स्थित कोशी लोकमार्गमा आइतवार राति दुईवटा मोटरसाइकल आपसमा ठोक्किदाँ चारजना घाइते भएका छन्।
धरानबाट इटहरीतर्फ गइरहेको प्रदेश १–०२–०४७ प ८१६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई, त्यसै दिशातर्फ गइरहेको को ३६ प ९६५० नम्बरको मोटरसाइकलमा ठोक्किएको हो।
दुर्घटनामा ८१६२ नम्बरको मोटरसाइकल चालक २१ वर्षीय मो. नवी मिया सामान्य घाइते भएका छन् भने उनीसँगै सवार १९ वर्षीय मो. सहुद गम्भीर घाइते भएका छन्।
त्यस्तै, ९६५० नम्बरको मोटरसाइकल चालक २२ वर्षीय मो. मोसिम मिया पनि सामान्य घाइते भएका छन्। सोही मोटरसाइकलमा सवार २० वर्षीय अर्सल मियाको मुख र अनुहारमा चोट लागेर मध्यम घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङ पठाइएको छ।
दुर्घटनापछि ८१६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी तरहरा, सुनसरीले नियन्त्रणमा लिएको छ भने ९६५० नम्बरको मोटरसाइकल अस्पतालकै प्रहरीको जिम्मामा राखिएको छ।
घटनास्थल प्रहरी चौकी तरहराबाट करिब १ किलोमिटर उत्तरतर्फ स्थित रहेको बताइएको छ।
प्रतिक्रिया