आफन्तकाे हाेटल पुर्याएर पत्नीमाथि खुकुरी प्रहार,अबस्था गम्भीर

बुधबार, २९ चैत्र २०७९
इटहरी । सुनसरीको इटहरी स्थित तरहरामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार (आज) बिहान करिब ९ बजे तरहराको रिता सेकुवा कर्नर (होटल) मा मोरङको सुन्दरहरैचा नगरपालिका ३ गोठगाउँ बस्ने ३५ वर्षीय राजेश कार्कीले उनकी श्रीमती ३० वर्षीया सरिता कटवाल (कार्की) माथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् । खुकुरी प्रहारबाट सरिताको टाउको र हातमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते कार्कीलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक माधब काफ्लेका अनुसार श्रीमान् श्रीमती मंगलबार बेलुका होटल सञ्चालक आफन्त भएकाले बसोबास गरेका थिए । श्रीमान्ले श्रीमतीलाई अन्य ब्यक्तिसगँ जोडेर शंका गरेपछि हतियार प्रयोग गरेको हुन सक्ने बताए । श्रीमतीलाई खुकुरी प्रहार गर्दा श्रीमान् राजेशलाई शरीरका भागमा सामान्य चोट लागेको छ । उनको इटहरी स्थित बेदान्त अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार