तीनकुने प्रदर्शनमा संलग्न भएको आरोपमा एनी कुँवर पक्राउ

सोमबार, २५ चैत्र २०८१
काठमाडौं : चैत १५ गते काठमाडौंको तीनकुनेमा राजवादी समूहद्वारा आयोजित प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरेको हो। प्रहरीले कुँवरलाई प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार