कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट विराटनगरमा सुरु

शनिबार, २४ जेठ २०८२

विराटनगर : कोशी प्रदेशस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छनोट चरण शनिबारदेखि विराटनगरमा सुरु भएको छ। सहिद रंगशालामा सुरु भएको प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भइरहेको हो।

प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरेका हुन्। उद्घाटन समारोहमा उनले राष्ट्रको समग्र विकासका लागि खेलकुदमा पर्याप्त लगानीको आवश्यकता औंल्याउँदै आगामी बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्न प्रदेश सरकारलाई आग्रह गरे।

छनोट प्रतियोगिता सोमबारसम्म चल्नेछ। यसमा प्रदेशका ११ जिल्लाका करिब १ हजार खेलाडीले भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। विजयी खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार