कोदालोले हानेर आफ्नै बुबाको बीभत्स हत्या, छुट्याउन आएकी छिमेकीको पनि हत्या

शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ  : नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए ।

हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार