महासचिवले नै छाडे प्रभु साहलाई

सोमबार, २५ चैत्र २०८१
काठमाडौँ :  नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टी खोलेका प्रभु साहलाई उनका सहयात्रीहरूले धमाधम छाड्दै जान थालेका छन् । कर प्रणाली र दलीय तन्त्रको विरोध गर्दै आएका आम जनता पार्टीबाट उनका महासचिव उपेन्द्र साहले आज साथ छाडेको घोषणा गरेका हुन् । ‘राष्ट्रिय अध्यक्ष प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँको पार्टीले प्रगति गरोस् हार्दिक शुभकामना छ’ उनले सामाजिक सञ्जालबाट राजीनामा बुझाएको जानकारी दिँदै भनेका छन्, ‘आजको मिति देखि म पार्टीको कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’ यसअघि साहलाई वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाहलगायत धेरै नेताले छाडेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार