इटहरी । इटहरी उपमहानगपालिकाले जेबि फाउन्डेनलाई कार्यपालिकाबाट निर्णय गरेर जग्गा दिन लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश कार्यालयले आपत्ति जनाएको छ ।
बुधबार इटहरी नगर प्रमुख हेमकर्ण पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल उक्त निर्णय रोक्न माग गरेको हो । पत्रमा भनिएको छ “इटहरी वडा नम्बर २ स्थित आधारभुत स्वास्थ्य केन्द्रले चर्चेको भुभाग बाहेक रहेको ८ कठ्ठा सार्वजनिक जग्गा हकभोग अधिकार सहित जेबि फान्डेसन नामक दलगत स्वार्थ भएको संस्थालाई हस्तान्तरणका निमित्त संघीय सरकारलाई सिफारिस गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउँछौं ।”
कोशी प्रदेश सभापति राजेश तिम्सिनाले हस्ताक्षरित पत्रमा सरकारको स्वामित्वमा रहेको यस्ता सार्वजनिक सम्पतीहरुलाई दलगत स्वार्थपूर्तिका निमित्त हकभोग अधिकार सहित सुमपने कार्यको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भत्सर्ना गर्दै उचित संरक्षण गरियोस भनि माग गरिएको छ ।
तत्कालीन नगर प्रमुख द्धारिकलाल चौधरीले इटहरी १० मा जेबि फाउन्सेन भवन निर्माण गरेका थिए । निर्माण भएको ३ वर्ष बित्न नपाउँदै उक्त भवन सम्भावित रेलको रुट निर्माण गर्दा पर्ने भएकाले भत्किन लागेको हो । करिब २५ लाख बढी खर्च गरी बनाइएको भवन प्रयोगमा समेत नआई भत्किन लागेको हो ।
उक्त भवन भत्किन लागेको सुचना पाएदेखि नै फाउन्डेसनले उपमहानगरलाई पटकपटक जग्गा खोजी गरिदिन आग्रह गर्दै आएको थियो । गत चैत २४ गते इटहरी उपमहानगरको १२९ औं कार्यपालिका बैठकले उक्त खाली जग्गा फाउन्डेसनलाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया