इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुँदै

सोमबार, २५ चैत्र २०८१
इटहरी : इटहरीमा ‘मिस एसईई’ प्रतियोगिताको पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षा दिएर बसेका किशोरीहरूको सौन्दर्य र बौद्धिक क्षमताको प्रष्फुटन गराउने उद्देश्यले ओपन स्पेस मिडिया प्रालिले यो प्रतियोगिता गर्दै आएको हो । यसपटकको अडिसन कार्यक्रम वैशाखको पहिलो साता इटहरीमै हुने आयोजकले जनाएका छन् । पहिलेका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजक संस्था ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ प्रभावकारी बनाउने तयारी गरिरहेको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन होइन, प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट प्लेटफर्म पनि हो । प्रतियोगितामा सहभागीहरूलाई एक महिनासम्म व्यक्तित्व विकास, सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, अभिनय, र्‍याम्प वाक, मेकअप र फोटोग्राफीजस्ता विभिन्न विषयमा अनुभवी प्रशिक्षकबाट तालिम दिइनेछ । प्रतियोगितामा विजेता हुने किशोरीले प्लस टु तहसम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछिन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार