उवामहासंघ केन्द्रीय सदस्यमा घिमिरे निर्वाचित

विहीबार, ३० चैत्र २०७९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्ष भइसकेका घिमिरे हाल नेपाल कत्था उद्योग संघका अध्यक्ष छन् । महासंघको केन्द्रीय सदस्यमा उनी वस्तुगत तर्फबाट निर्वाचित भएका हुन् । उनले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधानका लागि आफ्नो भूमिका रहने बताए । महासंघमा निर्वाचित भएपछि अब राज्यसँग बहस गर्न र निजी क्षेत्रको स्तरोन्नतिका निम्ति आफ्नो भूमिका अझ व्यापक हुने घिमिरेले बताए । व्यवसायीले गरेको लागानी नउठ्ने अवस्था भएकाले राज्य गम्भीर बन्नुपर्ने उनी बताउँछन् । देशमै लगानी गरी रोजगारी सृजना गर्नका निम्ति निजी क्षेत्रलाई राज्यबाटै प्रोत्साहित हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार