पाण्डे बने उवामहासंघ केन्द्रीय सदस्य

विहीबार, ३० चैत्र २०७९
काठमाडौ । नेपाल उद्योग वणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे निर्वाचित भएका छन् । बस्तुगतको तर्फबाट उम्मेदवारी दिएका उनी महासंघको काठमाडौंमा सम्पन्न महाधिवेशनबाट केन्द्रयि सदस्य निर्वाचित भएका हुन् । ‘प्योर क्लोथिङ’ का सञ्चालक एवं प्रवन्ध निर्देशक पाण्डेले तयारी पोशाक उद्योग, हस्पिटालिटी तथा रेस्टुरेन्ट व्यवसाय, निर्यात र पर्यटन क्षेत्र लगायत समग्र स्वदेशी तयारी पोसाक उत्पादनमूलक उद्योग क्षेत्रको प्रतिनिधित्व गरी आफूले उम्मेदवारी दिएको बताएका थिए । पाण्डे दुई दशकदखि तयारी पोशाक तथा निर्यातजन्य बस्तु उत्पादन व्यवसायमा सक्रिय छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार