सुनसरी : लागूऔषधविरुद्धको अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बीओपी लौकहीको टोलीले चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरीले कोशी गाउँपालिका–१ को भन्सार क्षेत्रमा शङ्का लागेका मोटरसाइकल चालक र पैदल यात्रुलाई जाँच गर्दा लागू औषधसहित फेला पारेको हो। ती व्यक्तिहरू भारततर्फबाट नेपाल छिर्दै थिए।
पक्राउ पर्नेमा मकवानपुर हेटौडाका ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समीर क्षेत्री रहेका छन्। उनीहरूबाट १.४७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
त्यस्तै, मोरङको केराबारीका ३१ वर्षीय तेजबहादुर तामाङ र कोशी गाउँपालिका–७ की २७ बर्षीया फुलमाया लिम्बु पक्राउ परेका छन्।
उनीहरू चढेको मोटरसाइकलबाट १.८५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र १० थान नाईट्राजापाम ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया