काठमाडौँ । आज काठमाडौँका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।
मङ्गलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।
राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् ।
यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्ति वाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ ।
प्रतिक्रिया