उद्योग वाणिज्य महासंघको निर्वाचन : एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

विहीबार, ३० चैत्र २०७९
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघको शोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। कूल १६ सय ५० मत खसेकोमा प्राप्त नतिजाअनुसार ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन्। जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार