धरानमा खुकुरी प्रहारबाट १९ वर्षीय युवक गम्भीर घाइते

मंगलबार, २६ चैत्र २०८१
धरान । धरान उपमहानगरपालिका–११, सेलिङ मार्गमा खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्। धरान १५ निवासी १९ वर्षीय आयन राईलाई समीर राई र लेलिङ श्रेष्ठले सोमबार राति करिब ९ः१५ बजे धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट घाइते भएका राईको वाँया पाखुरा तल र ढाडमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै उपचारको लागि वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानमा भर्ना गरिएको छ। घटनाबारे अस्पतालबाट साँझ ९ः३० बजे इलाका प्रहरी कार्यालय धरानलाई जानकारी गराइएको थियो। जानकारी पाएसँगै प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार घटना स्थल धरानको मुख्य कार्यालयबाट करिब ५ किलोमिटर उत्तर पश्चिमतर्फ पर्छ। हाल घाइते राईको अवस्था सुधारोन्मुख रहेको र उनी बोल्न सक्ने अवस्थामा छन्। खुकुरी प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार