पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक महासंघ सदस्यमा निर्वाचित

विहीबार, ३० चैत्र २०७९
काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठ उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समितिमा रहेर काम गरेका थिए । विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिसकेका छन् । महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा पनि काम गरेको अनुभव उनले हासिल गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार