उद्योग वाणिज्य महासंघ : जिल्ला उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल निर्वाचित

विहीबार, ३० चैत्र २०७९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । बुधबार सम्पन्न महासंघको जिल्लानगर र वस्तुगततर्फको निर्वाचनबाट रामचन्द्र संघाई पक्षका वैद्य र उमेशलाल श्रेष्ठ समूहका ढकाल निर्वाचित भएका हुन् । आफ्ना प्रतिद्वन्दी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाउँदा जिल्ला नगरका उपाध्यक्ष वैद्य ४३ मत पाउँदै विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार