‘धरान फाइट नाइट २०२५’ बैशाख १२ गते हुने

बुधबार, २७ चैत्र २०८१
धरान : धरानमा पहिलोपटक राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता ‘धरान फाइट नाइट २०२५’ बैशाख १२ गते हुने भएको छ। यो प्रतियोगिता धरान बक्सिङ्ग संस्थाले आयोजना गर्न लागेको हो। संस्थाका सचिव महेश आले मगरका अनुसार धरानलाई खेलकुदको शहर बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। संस्थाका अध्यक्ष दीपक राईले युवाहरुलाई खेलकुदमा सक्रिय बनाउने, समाजप्रति उत्तरदायी बनाउने लक्ष्य पनि प्रतियोगिताको रहेको बताए। प्रतियोगितामा दुई विधा रहनेछ – प्रो (व्यावसायिक) र एमेचर (साधारण)। प्रो फाइटमा धरान, धनकुटा, झापा, उदयपुर, पोखरा र काठमाडौंका खेलाडी सहभागी हुनेछन्। एमेचर फाइटमा पनि कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता धरान–१५ मा रहेको चुम्लुङहिम हलमा साँझ ४ बजे सुरु हुनेछ। फाइट नाइटमा सांगीतिक कार्यक्रम पनि हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकहरुको उपस्थिति रहनेछ। कार्यक्रमको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ। प्रो फाइट विजेताले ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेताले २५ हजार र प्रमाणपत्र पाउनेछन्। एमेचर फाइट विजेताले ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, उपविजेताले ३ हजार र प्रमाणपत्र पाउने छन्। कार्यक्रममा कोच किशोर साम्बाहाम्फे, बक्सिङ्ग खेलाडी अनुप लामा, पत्रकार हर्ष सुब्बा र भिमज्वाला राई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार