दुर्गा प्रसाईं आसामबाट नियन्त्रणमा, कोशी प्रहरी के भन्छ ?

विहीबार, २८ चैत्र २०८१
इटहरी(डेक्स) : तीनकुने क्षेत्रमा गत चैत्र चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट नियन्त्रणमा आएका जनाइएको छ । आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको श्रोतको दाबी छ । प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई असाम राज्यबाट पक्राउ गरेर ल्याउने तयारी भइरहेको जनाइरहँदा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजन अधिकारीले यस विषयमा जानकार नभएको बताउँछन् । आसाममा नियन्त्रणमा आएका भनिएका प्रसाईलाई ल्याउन भने पूर्वि नाका हुँदै नै ल्याउनुपर्ने हुन्छ । प्रसाईंको सचिवालय के भन्छ ?  'अहिले २ घण्टा अगाडी हाम्रा अभियान का संयोजक श्री दुर्गा प्रसाईँले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,हिजो मात्र हामी ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौ,भनेका थियौ र आज उपस्थित भयौ!(दुर्गा प्रसाईँ)जय देश जय रास्टवाद !!' -अपडेट

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार