सुनसरी । सुनसरीबाट सचिव सहित युवा संघमा ६ जना चयन इटहरी नेकपा एमाले पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको नवौँ अधिबेशनबाट सुनसरीबाट ६ जना युवा नेता केन्द्रिय कमिटिमा चयन भएका छन् ।
बाँकेको नेपालगञ्जमा भएको केन्द्रिय अधिबेशनबाट देवानगञ्ज गाउँपालिकाका देवानन्द मेहता सचिवमा सर्वसहमत चयन भएका छन् । यस्तै इटहरीका जितेन्द्र थापा, धरानका दिवस वान्तवा राई, दुहबीका राकेश डाँगी केन्द्रिय सदस्यमा निर्विरोध चयन भएका छन् । यस्तै इटहरी घर भई काठमाण्डौं बस्दै आएका सन्दिप भट्राई र बराहक्षेत्रका रेसु तामाङ समेत केन्द्रिय सदस्य भएका छन् । केन्द्रिय अध्यक्षमा भने छितिज थेबे निर्वाचित भएका छन् ।
प्रतिक्रिया