काठमाडौं : तीनकुनेस्थित प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट नेपाल ल्याइएको छ। भारतीय प्रहरीको सहयोगमा उनलाई शुक्रबार बिहान झापाको सीमा क्षेत्रसम्म ल्याइएको हो।
प्रहरी स्रोतका अनुसार अब प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं पठाइने तयारी गरिएको छ। काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएको र अवरोध हुन सक्ने सुरक्षा मूल्याङ्कनका आधारमा नाका परिवर्तन गरिएको हो।
यसअघि बिहीबार प्रसाईंको सचिवालयले उनले भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गरेको जानकारी दिएको थियो।
तर नेपाल प्रहरीले भने उनलाई हालसम्म पक्राउ गरिएको छैन भन्दै उनी प्रहरीको खोजी सूचीमा रहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया