समाचार कक्षलाई समावेशी बनाउनु पर्छः अध्यक्ष शिव लम्साल

शुक्रबार, २९ चैत्र २०८१
लुम्बिनी : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने उल्लेख गरेका छन् । फोनिजको आठौं महाधिवेशन अन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लम्सालले पत्रकारिता क्षेत्रमा समावेशिता र सहभागीताको मूल आधार बन्नु पर्नेमा जोड दिएका हुन् । समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक संचार प्रणाली सुदृढ नहुने उनको भनाई छ । मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताए , उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । फोनिजको आठौं महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार