मोरङमा भएको सवारी दुर्घटनामा भूपेन्द्रको मृत्यु

शनिबार, ३० चैत्र २०८१
विराटनगर : मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराती सुनवर्षी नपा ३ तल्लो भेलाइ टोल स्थित भित्री सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सुनवर्षी ३ का भूपेन्द्र कटुवालको ज्यान गएको हो । टाउको र दाहिने खुट्टामा चोट लागि गम्भीर घाइते कटुवालको उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै ट्याक्टर चालक सुनवर्षी नपा ४ बस्ने संजित कुमार महतो, ट्याक्टर र मोटरसाइकल इप्रका रंगेलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार