इटहरी(डेक्स) : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताएका छन् । शनिवार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘डाइभरको सिटमा कहिले नबसेकोले गाडी हाँक्छु भनेजस्तै हो ।’
राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए । देशमा स्थायित्व ल्याउने उद्देश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौँ । अब देशले थप गति लिन्छ ।’
नयाँ भन्नेहरूको हालत देखिएको । जथाभाबी छाडा बोलेर देश बनाउँछन् भनेर थाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरेका छन् ।
ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउँछौँ भनेर हिँडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ ।
सरकारका सबै सूचकाङ्क सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् ।
उनले झापाका कृशहरूलाई आधुनिकीकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।
प्रतिक्रिया