सुनसरीमा म्याजिक भ्यान दुर्घटना हुँँदा ६ जना घाइते

आइतबार, ३१ चैत्र २०८१
विराटनगर । सुनसरीको भोक्राहा–नरसिंहमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरी अनुसार झोक्राहा–नरसिंह गाउँपालिका–२ मा को १ ज ३६८० नम्बरको म्याजिक शनिबार साँझ ५ः३५ बजेतिर दुर्घटनामा परेको हो । भित्री सडक खण्ड हुँदै प्रकाशपुरबाट इनरुवातर्फ जाँदै गरेको म्याजिक आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुर्घटनामा इनरुवा नगरपालिका–३ की ४२ वर्षीया अनिता लिम्बू, ३८ वर्षीया कल्पना पौडेल, उनका ४ वर्षीया छोरा श्रीऐन पौडेल, इटहरी उपमहानगरपालिका–१८ की ६३ वर्षीया केशमाया कार्की, रामधुनी नगरपालिका–१ का ७८ वर्षीय रतनबहादुर कार्की र ६२ वर्षीया मनकुमारी कार्की घाइते भएका छन् । घाइते सबैको अवस्थामा सामान्य छन् । घाइतेलाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा–नरसिंहमा भर्ना गरिएको थियो । म्याजिक चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का ३० वर्षीय लालबहादुर विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी खतिवडाले दिए । यान्त्रिक गडबडीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार