इटहरी : इटहरी उपमहानगरपालिकाले थारु समुदायको महान् चाड ‘सिरुवा पर्व’ को अवसरमा यही वैशाख ३ गते (बुधवार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
सोमबार एक सूचना जारी गर्दै उपमहानगरले थारु जातिलाई इटहरीको प्रमुख जातिको रूपमा घोषण गरिसकेको र जातीय पहिचान, भाषा, भेसभुसा, कला, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न बिदा दिने निर्णय गरिएको उपमहानगरले जनाएको छ।
थारु समुदायले ‘सिरुवा पर्व’ नयाँ वर्षको पहिलो महिनाभर मनाउने चलन छ। यस अवसरमा उनीहरूले विशेष पूजापाठ गरी आफन्तजनसँग शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा रहेको छ।
इटहरीले यस पर्वलाई सांस्कृतिक धरोहरको रूपमा लिई विशेष महत्व दिएको बताएको छ। यसअघि जस्तै, यस वर्ष पनि उपमहानगर क्षेत्रभित्र रहेका सबै कार्यालय, अस्पताल (इमरजेन्सी बाहेक), शिक्षण संस्था र अन्य निकायहरूमाविदा दिईएको उल्लेख छ।
प्रतिक्रिया