सप्तकोशी नदी किनाराबाट १८० किलो गाँजा बरामद

सोमबार, ०१ बैशाख २०८२
उदयपुर : उदयपुरको बेलका नगरपालिका–८ मा सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा फेला परेको छ। बैशाख १ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले दुईवटा ट्युबमा पानीमा तैरिरहेको अवस्थामा ६ वटा प्लास्टिकको बोरामा गाँजा बरामद गरेको हो। बरामद गरिएको गाँजा हाल रामपुरठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरुकाे खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, चैत्र ३१ गते झापाको कमल गाउँपालिका–७ का २८ वर्षीय विशाल लिम्वु ४७० ट्रमाडोल क्याप्सुल र ३९० डाइक्लोमिन ट्याब्लेटसहित पक्राउ परेका छन्। प्रहरी चौकी महारानी झोडाबाट गस्तीमा खटिएको टोलीले उनलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार