बेलबारी । हरेक नयाँ बर्षमा भिडभाड हुने मोरङको अधिकांश पर्यटकीय स्थल मध्यान्ह सम्म पनि सुनसान देखिन्छन । जिल्लाका अधिकांश क्षत्रेमा आन्तरिक तथा बाह्रय पर्यटकहरुको भिडभाड देखिँदैन ।
जिल्लाका उर्लाबारीमा रहेको बेतेनी,बेलबारीमा रहेका बेतना,धनपाल,ड्रिमल्याण्ड फन रमिते,लेटाङमा रहेका राजारानी,झोलुंगे पुल, सुन्दरहरैचाको बाघझोडा,कालीमन्दिर,ईटहरीको तालतलैया,धनकुटाको भेडेटार,तेह्रथुमको बसन्तपुर,ईलामको कन्याम लगायतका क्षेत्रमा पर्यटकहरु न्युन देखिन्छन ।
आर्थिक मन्दिका कारण पर्यटकीय क्षेत्रहरुमा मानिसहरुको भिड कम भएको पर्यटन ब्यबसायी बिजय सुवेदी बताउँछन । कोशी प्रदेशका अधिकांश पर्यटकीय स्थलहरुमा मानिसहरुको उपस्थिति न्युन रहेको छ ।
प्रतिक्रिया