शिक्षक महासंघ थप आन्दोलित : विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा

सोमबार, ०१ बैशाख २०८२
काठमाडाैं : सरकारले माग पूरा नगरेपछि शिक्षकहरु थप आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएका छन् । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदै छ । नयाँ वर्षदेखि नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।  सरकारले भर्ना अभियान घोषणा गरिरहँदा आन्दोलनमा रहेको शिक्षक महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । यस अवधिमा सरकारसँग दुईपटक वार्ता भए पनि निकास निस्कन सकेको छैन । आफूहरुको माग पूरा नभएसम्म घर नफर्कने शिक्षकहरुले घोषणा गरेका छन् । घामपानी केही नभनी शिक्षकहरु माइतीघर-बानेश्वर सडक कब्जा गरेर संयमित भई शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार