ओली र देउवा बीचको भेटमा के भयो कुराकानी ?त्यति मात्रै होइन, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पनि ओली नेतृत्वको सरकार अब धेरै अगाडि जान नसक्ने दाबी गरे। नयाँ वर्षसँगै नयाँ सरकार आउने संकेत दिँदै उनले परिस्थिति परिवर्तनको ढोका खुल्न लागेको बताए । माओवादी अध्यक्षको अभिव्यक्तिपछि एमालेले कडा प्रतिक्रिया दिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको भनाइलाई कुण्ठाको संज्ञा दिँदै सरकार परिवर्तनको कुनै औचित्य नभएको दाबी गरे । त्यसो त कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले समेत सरकार सञ्चालनमा पार्टीको प्रभाव नरहेको गुनासो गरे । उनले सरकारमा पार्टीको सुझावलाई बेवास्ता गरिएको र अपेक्षाअनुसार काम नभएको बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र राष्ट्र बैंकका गर्भनर नियुक्ति-बर्खास्ती लगायतका निर्णयमा एमालेले एकलौटी गरेको कांग्रेस नेताहरूको गुनासो छ । कांग्रेसभित्र देउवा, कोइराला र थापाजस्ता नेताहरूको असन्तुष्टि संस्थागत तहमा पुगेको छ।माओवादी केन्द्र पनि सरकारमा फर्किन आतुर देखिन्छ । सत्ता सहकार्यको नौ महिनामै बढेको असमझदारीले कांग्रेस-एमाले गठबन्धन दीर्घकालीन बन्न सक्ने सम्भावना कमजोर बनाएको छ । देउवा र दाहालले मिलेर नयाँ सत्ता समीकरण बनाउने संकेतहरू झन् प्रस्ट हुँदै गएका छन् । यदि यही गतिमा असन्तुष्टि चुलिँदै गए, नयाँ वर्षले साँच्चिकै नयाँ सरकारको ढोका खोल्ने सम्भावना नकार्न सकिंदैन ।
प्रतिक्रिया