इलाम : जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र सङ्कलन तथा वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्र अब देउमाई नगरपालिकाबाट पनि सुरु गरिने भएको छ । देउमाई नगरपालिकाको पहलमा राष्ट्रिय परिचयपत्रको सङ्कलन तथा कार्ड वितरण सुरु हुन लागेको हो ।
वैशाखबाट नै सङ्कलन तथा कार्ड वितरण सुरु गरिने देउमाई नगरपालिकाका सूचना अधिकारी गोविन्द बास्तोला गोपालले जानकारी दिए । उनका अनुसार इलाका प्रशासन कार्यालय मार्फत सो सम्बन्धी सम्पूर्ण काम सञ्चालन हुने जनाइएको छ ।
देउमाईबाट नै परिचयपत्रको सङ्कलन तथा वितरण हुने भएपछि समय तथा खर्चको बचत समेत हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काम अगाडी बढाउन पत्र समेत पठाइसकेको जनाइएको छ ।
प्रतिक्रिया