७ हजार बढीले घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, १० बैशाख २०८२

काठमाडौँ । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । 

 जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधवार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।

 साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। 

मङ्गलवार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार