विराटनगरमा ससुराली घरमा सुतिरहेका ३६ वर्षीय चौधरीको करेन्ट लागेर मृत्यु

बुधबार, १० बैशाख २०८२

विराटनगर । विराटनगरमा करेन्ट लागेर ससुराली घरमा सुतिरहेका १ जना भारतीय नागरिकको बुधवार दिउँसो मृत्यु भएको छ । 

प्रहरीका अनुसार करेन्ट लागेर भारत जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा करेन्ट लागेको थियो । 

घरको कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पङ्खाबाट उनलाई दिउँसो २ः१५ बजेतिर अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार