सुनचाँदीको भाउ बढ्यो, तोलको कति ?

विहीबार, ११ बैशाख २०८२

काठमाडौं ।  बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।


हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार