विराटनगरमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

शुक्रबार, १२ बैशाख २०८२

विराटनगर : विराटनगर महानगरपालिका ५ इक्राहीमा शुक्रवार अपराह्न बाँस बोकेको ट्याक्टर पल्टिँदा सुनसरी बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ ।

ट्याक्टर दावाबन्दीबाट केशलियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । ट्याक्टरको चापमा परेर गम्भीर घाइते भएका साहलाई नोबेल शिक्षण अस्पताल पु¥याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए । 

दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार