काठमाडौँ : ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा आफ्नो दबदबा कायम राख्दै लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।
शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।
फाइनलमा ललितपुरका लागि विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखरातर्फबाट एनआरएन खेलाडी सुदिल राईले सान्त्वना गोल फर्काए ।
प्रतिक्रिया