अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

आइतबार, १४ बैशाख २०८२

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । 


संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । 


अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । 


यसअघि  ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।  


एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ । 


नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार