२० वर्षअघि ससुराको हत्या गरी फरार भएका गुरुङ पक्राउ

आइतबार, १४ बैशाख २०८२

काठमाडौं । करिब २० वर्षअघि ससुराको हत्या गरी फरार भएका बीरबहादुर गुरुङलाई प्रहरीले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ।

गुरुङले २०६२ साउन १४ गते आपसी विवादका क्रममा आफ्ना ससुरा काशीराम विकको हत्या गरी फरार भएका थिए। उनी १५ वर्षसम्म भारतमा लुकेर बसेका थिए र पाँच वर्षअघि दाङ फर्किएर पोल्ट्री फार्ममा गाडी चलाउने काम गर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरले गोप्य सूचनाको आधारमा २०८२ वैशाख १२ गते उनलाई पक्राउ गरेको हो। प्रहरीको अनुसार कर्तव्य ज्यान मुद्दाको हदम्याद सकिनै लाग्दा गुरुङ पक्राउ परेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार