बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका–७ मा सम्पन्न निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ५६३ जनाले विविध विशेषज्ञ सेवा प्राप्त गरेका छन्।
लायन्स क्लब अफ विराटनगर इन्नोभेटिभको मुख्य आयोजना र बराहक्षेत्र नगरपालिकाको सहकार्यमा आयोजित उक्त शिविरमा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विराटनगरले प्राविधिक सहयोग प्रदान गरेको थियो।
शिविरमा ११ विधाका विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। सबैभन्दा धेरै ९८ जनाले नेत्र परीक्षण गराएका थिए भने जेनेरल मेडिसिन ५७ जना, प्रसूति तथा स्त्रीरोग ४८ जना, बालरोग ४५ जना, हाड जोर्नी तथा नशा रोग ५२ जना, नाक, कान, घाँटी ४१ जना, दन्त ३५ जना, शल्यक्रिया परामर्श तथा जाँच १० जना, रेडियोलोजी ९भिडियो एक्सरे० ६२ जना, मुटु परीक्षण ३७ जना र प्रयोगशाला सेवा ७८ जनाले लिएका थिए।
शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहँदा जनप्रतिनिधिहरूले समुदायमै पुगेर सेवा उपलब्ध गराउन गरिएको प्रयासलाई सकारात्मक रूपमा लिएको इन्नोभेटिभकी अध्यक्ष रञ्जिता खनालले बताइन । कार्यक्रमको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले गरेका थिए।
प्रतिक्रिया