इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राममा प्रहरीले विशेष सुराकीको आधारमा लागूपदार्थ ब्राउन सुगर बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सोमबार साँझ ५ः२० बजे एक व्यक्तिलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सप्तरी जिल्ला मलहनिया गाउँपालिका–३ घर भई हाल ईटहरी–१७ बालग्रामस्थित गणेश प्रसाद ढकालको घरमा भाडामा बस्दै आएका ३७ वर्षीय सत्य नारायण यादव पक्राउ परेका हुन्।
प्रहरी टोलीले यादव बस्दै आएको कोठामा कानुन बमोजिम खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा १२०.०९ ग्राम लागूपदार्थ ब्राउन सुगर फेला पारेको हो।
बरामद गरिएको लागूपदार्थसहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया