झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

शनिबार, ०७ भदौ २०८२

झापा । झापाको कनकाई नगरपालिका–१ खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३७ वर्षीय पंकज माझी रहेका छन् । शनिबार बिहान करिब ८ः३० बजे माझीले बिजुलीको पोलमा तार जडान गरेर खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेका थिए । सोही क्रममा विद्युत् प्रवाहमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीका अनुसार शवलाई कानुनी प्रकृयापछि पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार