झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

शनिबार, ०७ भदौ २०८२

 

झापा। झापाको कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७:१५ बजे केम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका ८८ वर्षीय टिकाराम श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेका श्रेष्ठलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुर्‍याइएको थियो।

घाइते श्रेष्ठको शुक्रबार  राती ११:३५ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

यस घटनामा संलग्न कमल गाउँपालिका–५ बस्ने ५१ वर्षीय मोटरसाइकल चालक मानकुमार सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार