भोजपुर : अरुण नदीमा नुहाउन गएका दुई बालिका अझै बेपत्ता छन् । हतुवागढी गाउँपालिका–९, मचुवाटारकी १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बुधबार दिउँसोदेखि हराइरहेका हुन् ।
उनीहरू दुवै जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।
बुधबार दिउँसो नुहाउन गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी पाउनासाथ प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी युवराज तिमिल्सिनाले जनाएका छन् ।
नदीमा पानीको सतह बढिरहेको भए पनि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
खोजीमा स्थानीयबासीसँगै भोजपुर, धनकुटा, सुनसरी र सप्तरीका प्रहरीबीच समन्वय गरिएको छ । अहिलेसम्म दुवै बालिका फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया