सिंहदरबारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, प्रचण्ड गएनन्

विहीबार, १८ बैशाख २०८२
File Photo

काठमाडौं :सत्तारूढ एमाले र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफल भएको हो।

प्रधानमन्त्री कार्यालयमा बसेको उक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि संसद्मा पेस गर्न लागिएको सरकारको नीति तथा कार्यक्रमबारे विशेष रुपमा विचार–विमर्श भएको स्रोतको भनाइ छ। साथै संक्रमणकालीन न्यायको प्रक्रिया अन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विषय पनि छलफलको मुख्य एजेन्डामा परेको बताइएको छ।

यस भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी हुने भनिएको थियो। तर निर्धारित समयसम्म उनी नआएपछि ओली र देउवाबीच दुई पक्षीय कुराकानीमै बैठक सीमित भएको हो।

भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको र आगामी दिनमा सत्ता गठबन्धनभित्रको समन्वय अझ सुदृढ बनाउने दिशामा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोलि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ, जसका लागि दलहरूबीच सहकार्य र समझदारी आवश्यक देखिएको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार